लमजुङमा मतान्तर घटाउदै देव गुरुङ, पृथ्वीसुब्बा ३०८ मतले मात्रै अगाडि

हिमालय टाइम्स
Read Time = 1 min

लमजुङ ।  एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचको मतान्तर घटेको छ ।

क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि हुनुहुन्छ ।

पृथ्वीसुब्बाले २२ हजार ४३८ र देवप्रसादले २२ हजार १३० मत पाउनुभएकाे छ ।

कूल ८० हजार ९ सय १७ मत खसेकोमा ५३ हजार ५ सय १२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयाे ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?