चाडपर्व नजिकिएसँगै लमजुङमा बजार अनुगमनमा तीव्र

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तिव्रता दिन थालिएको छ । जिल्ला अनुगमन टोलीले लमजुङका विभिन्न पसलमा दिनहुँजसो अनुगमन थालेको हो ।

अनुगमनको क्रममा मंगलबार बेसीशहर बजारका १२ वटा पसलहरु अनुगमन गरेको थियो । बेसीशहर ७ पुरानो बैक चोक देखि भिमसेन स्थान सम्मका पसलमध्ये ५ वटा स्टोर्स, २ वटा फ्रेस हाउस, २ वटा किराना एण्ड तरकारी पसल, १ वटा किराना पसल, १ वटा वर्डस, १ वटा मसला उद्योग अनगुमन गरिएको थियो । अधिकांश पसल मापदण्डविपरीत भेटिएको छ।

अनुगमन क्रममा दर्ता विना सञ्चालन भएका, म्याद गुज्रेका खाद्य सामाग्री र लेभलिङ नम्वर मेटिएको, ईजाजत पत्र नलिई विक्री वितरण गरिएको ४ वटा किराना तथा फलफुल पसल, मासु पसल र किराना पसललाई कारवाही स्वरुप जरिवाना गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाले बताउनुभयाे। उहाँका अनुसार ४ वटा पसलबाट ११ हजार रुपैया जरिवाना गरिएको छ ।

अनुगमनमा अधिकांश पसलहरुमा मुल्यसुची नराखेको पाईएकाले मुल्य सुची राख्न निर्देशन दिईएको प्रमुख थापाले बताउनुभयाे । उपभोग्य मिति भएको मात्र खाद्य सामाग्री विक्री वितरण गर्न तथा मुल्य सुची अपडेट गर्न सुझाव दिईएको छ । यस्तै लेभलिङ भएका खाद्य सामाग्री मात्र विक्री वितरण गर्न, दर्ता विना सञ्चालन नगर्ना, व्यवस्थीत रुपमा खाद्य र अखाद्य समाग्रीहरु छुट्छुटै राख्न, म्याद गुज्रेका खाद्य सामाग्री विक्रि वितरण नगर्न, ईजाजतपत्र लिएर मात्र सुर्तिजन्य पदार्थ र चुरोट विक्री वितरण गर्न, सरसफाईमा ध्यान दिन, दर्ता प्रमाणपत्र र व्यवसायको पुजीँ मिलाउन सुझाव दिइएको छ ।

उक्त अनुगमनमा पर्यटन तथा उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाको नेतृत्वमा अनुगमन गरिएको हो ।

जिल्ला अनुगमन टोलीले असोज महिनामा मात्रै ४ पटक ५४ वटा पसलको अनुगमन गरेको थियो भने साउन महिनामा २ पटक बजार अनुगमन गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?