लमजुङका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ ।  लमजुङमा रहेको ८ वटा स्थानीय तहमध्ये २ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् ।

मध्यनेपाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे भदौ १२ गते तनहुँको शुक्ला गण्डकी नगरपालिकामा सरुवा हुनु भएकाे छ ।

नगरपालिका प्रवक्ता रामचन्द्र भण्डारीका अनुसार हालसम्म प्रमुख प्रशासकीय अधिकृतमा आउने कर्मचारीको टुंगो लागेको छैन । प्रमुख प्रशासकीय अधिकृत नआउँदा विकास निर्माण तथा योजना प्रभावित बनेको उहाँले बताउनुभयाे। हाल स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेललाई निमित्त प्रमुख तोकिएको छ ।

बेंसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेल  बाग्मती प्रदेश कार्यालयमा सरुवा हुनुभएकाे छ । उहाँको ठाउँमा राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयेललाई सरुवा गरिएको छ ।

सुयेललाई मन्त्रालयको पत्र प्राप्त भइसके पनि राइनास नगरपालिकाबाट रमना भने लिइसक्नु भएकाे छैन । राइनासमा उहाँको ठाउँमा जिल्ला समन्वय समिति नुवाकोटमा कार्यरत प्रकाशराज पौडेल आउने हुनुभएकाे छ । बेंसीशहर नगरपालिकामा शिक्षा शाखा उपसचिव किसानराज चिलुवाललाई निमित्त दिइएको छ ।

क्व्होलासोथार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा माधवप्रसाद वाग्ले भदौ १९ गतेदेखि हाजिर हुनुभएकाे छ । गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले नयाँ खटिएर आएका प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यभार सम्हालिसकेको बताउनुभयो । दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु पनि सरुवा हुने तयारीमा छन् । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी हाल चीनमा रहेको र चीनबाट फर्किएपछि प्रमुख प्रशासकीय अधिकृतको सरुवा प्रक्रिया अघि बढ्ने स्रोतले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?