जय पराजय सामान्य हो सहज रूपमा लिएको छु: रामकुमारी झाक्री

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले आफ्नो पराजयलाई सामान्य प्रक्रियाका रुपमा लिएको बताउनु भएकाे छ । उहाँले अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत मन्तव्य जारी गर्दै यसलाई सहज रुपमा लिएको जनाउनुभएकाे हाे  ।

यद्यपि, पछिल्लो केही समय अत्यन्तै रोमान्चक रहेको र ज्ञानको हिसाबले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी ठानेको उहाँको भनाइ छ । उहाँले भन्नुभएकाे छ, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ । यो साढे दुई दशकमा समाजलाई जसरी Depoliticization  (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ त्याे चाहीँ लोकतन्त्रको लागि गम्भीर छ । डर लाग्दो छ । जय र पराजय सामान्य प्रक्रिया हुन् । मैले अत्यन्तै सहज रूपमा लिएको छु ।’

उहाँले आफ्ना पक्षमा हजारौं मतदाताले अभिमत दिएको र यसप्रति आफु सधैँ ऋणी  रहने बताउनुभएकाे छ । उहाँले निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका  सदस्य, गठबन्धन दलका नेतृत्वगण र नेताकार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारी, स्वयंसेवक र पत्रकारहरूलाई धन्यवाद दिनुभएकाे छ ।

उहाँले निर्वाचनमा विजयी भएका प्रतिस्पर्धी गोकर्ण विष्टलाई बधाई र सफल कार्यकालको शुभकामनामा पनि दिनुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?