झापा-१ मा अग्नि खरेललाई हराउँदै विश्वप्रकाशको शानदार जित

हिमालय टाइम्स
Read Time = 1 min

झापा । अघिल्ला दुई निर्वाचनमा पराजय बेहोर्नुभएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक शानदार जित हासिल गर्नुभएको छ ।

एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्माले पहिलो पटक संसदीय निर्वाचन जित्नुभएको हो ।

एमालेको प्रभाव क्षेत्र मानिने क्षेत्र नम्बर १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जिते यता कांग्रेसले जित हासिल गर्न सकेको थिएन ।

शर्माले ३९ हजार ६२४ मत पाउँदा खरेलले २५ हजार ३४९ मत मात्रै पाउनु भयो । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित हुनु भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?