ललितपुर-३ मा तोसिमा कार्की निर्वाचित, बहालवाल ऊर्जामन्त्री भुसाल तेस्रो

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

ललितपुर । ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी हुनुभएको छ ।

नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी हुनुभएको हो ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाउनुभयो ।

खड्काले १२ हजार ९६३ मत पाउनुभयो । ऊर्जामन्त्रीसमेत रहनुभएकी भुसालले ८ हजार ७६९ मत पाउनुभयो । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट विजयी हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?