राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि राप्रपाको अप्रत्यासित पुनरागमन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । २०६४ मा माओवादी र २०७० मा राप्रपाले अप्रत्यासित रूपमा समानुपातिक निर्वाचन प्रणालीतर्फ धेरै सिट पाएका थिए । ६०१ संविधानसभामा माओवादीले एक सय १० सिट समानुपातिकबाट पाएको थियो । प्रत्यक्षमा पनि त्यतिकै सिट जितेर ठूलो दल बनेको थियो ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने राप्रपाले समानुपातिकमा अप्रत्यासित नतिजा ल्याएको थियो । त्यसबेला गाई चुनाव चिन्ह भएको राप्रपाले चार सिट प्रत्यक्षमा र २४ सिट समानुपातिकमा प्राप्त गरेको थियो ।

नौ वर्षपछिको आमनिर्वाचनमा राप्रपाले जबर्जस्त कमब्याक गरेको छ । राप्रपामा अहिले राजेन्द्र लिङ्देन अध्यक्ष हुनुहुन्छ । एक वर्षअघि भएको महाधिवेशनमा उहाँले कमल थापालाई पराजित गरेर नेतृत्व हातमा लिएपछि राप्रपामा शुद्धीकरण भएको यो निर्वाचनले पनि देखाउँछ ।

सत्तागठबन्धनलाई चुनौती दिँदै राप्रपाले धेरै प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवार बनायो । एमालेसँग झापा ३, रुपन्देही ३ र बाँके २ मा तालमेल गरेर उसले नतिजा शतप्रतिशत आफ्नो पक्षमा पार्ने संकेत गरेको छ । झापा ३ मा अध्यक्ष राजेन्द्र लिङ्देन झन्डै तीन हजार मतान्तरले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका कृष्णप्रसाद सिटौलाभन्दा अघि छन् । अहिले पनि मतगणना जारी छ ।

बाँके २ मा राप्रपा महामन्त्री धवलशमशेर राणाले जितिसक्नुभएकाे छ । उहाँले त्यहाँ जसपाका मोहम्मद इस्तियाक राईलाई पराजित गर्नुभयाे । रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा र कांग्रेसका बालकृष्ण खाणबीच थोरै मतान्तर छ । जसले पनि चुनाव जित्ने स्थिति छ ।

मकवानपुर १ मा सुरुदेखि नै तेस्रो स्थानमा रहेका दीपक सिंहले अहिले अग्रता हासिल गर्नुभएकाे छ । अब दुईवटा वडाको मात्र मतगणना गर्न बाँकी छँदा उहाँले १२ सय मतले अग्रता लिनु भएकाे छ ।

काठमाडौं १ बाट राप्रपाका रवीन्द्र मिश्रले झन्डै झन्डै चुनाव जित्नुभएकाे थियाे । उहाँ कांग्रेसका प्रकाशमान सिंहभन्दा एक सय २७ मतले पराजित हुनु भयाे । राप्रपाले अहिलेसम्म दुई सिट जितेको छ । चारमा अग्रता छ । यदि चारवटै जितेमा ६ सिट हुनेछ । रुपन्देही ३ पनि जितेमा सातवटा हुनेछ ।

समानुपातिकमा पनि राप्रपाले थ्रेसहोल्ड कटाउने देखिएकाले राप्रपाले यो निर्वाचनमा कम्तीमा १० जना सांसद जित्ने सम्भावना छ । १० सिटसहित प्रतिनिधिसभामा पुगेमा राप्रपा बलियो शक्ति बन्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?