अर्घाखाँचीमा रायमाझी र भुसालबीच कडा टक्कर

हिमालय टाइम्स
Read Time = 3 mins

बुटवल । अर्घाखाँचीमा दुई पार्टीका केन्द्रीय स्तरका नेताबीच कडा चुनावी प्रतिष्पर्धा देखिएको छ । लगातार तीन पटक चुनाव जितेका एमाले सचिव टोपबहादुर रायमाझीसँग सत्तारुढ गठबन्धनले निवर्तमान उपसभामुख एवं कांग्रेस नेतृ पुष्पा भुसाललाई मैदानमा उतारेको छ ।

अहिले रायमाझी र भुसाल मतदाताका घरदैलोमा पुग्दा मतदाताले पनि विकासका लागि मौखिक आश्वासन होइन, लिखित हस्ताक्षर नै गराउन थालेका छन् । कांग्रेस नेतृ भुसाल छत्रदेव गाउँपालिकाको ठूलापोखरामा पुग्दा स्थानीयले ठुलापोखराको विकासका योजना १० बुँदामा प्रतिबद्धता जनाए मात्रै भोट दिने माग राखे । उनीहरुले पाँच वर्षसम्म गर्ने विकासमा मौखिक आश्वासनमा विश्वास गरेनन् । त्यसपछि लिखित हस्ताक्षर गराए ।

उनीहरुको १० बुँदे मागमा वडाभित्रको सडकलाई स्तरोन्नती गर्दै व्यवस्थित र कालोपत्रे गरिदिनुपर्ने, यस क्षेत्रकै ठूलो चौवाटार सिचाइँ कुलो सम्पन्न भएकाले त्यसलाई मर्मत सुधारको माग राखेका छन् ।

त्यस्तै कोकलचारे-सेट्टारी सिचाइ योजना, दुग्दी-सालबोट-बलीफाँट सिचाइ योजना, गुठी-अरटारी-फुल्ली र सानीखोली-तौवाखोला सिचाइ योजनामा बजेट पारेर सम्पन्न गर्ने भुसालले प्रतिबद्धता जनउनुभयाे । उहाँले खेतबारीमा तटबन्ध, चौवाहको सरस्वती आधारभूत विद्यालयको भवन निर्माण, धार्मिक मठमन्दिर निर्माण गर्नेमा हस्ताक्षर गर्नुभएकाे छ । सालबोट-कोटफेरा लिफ्टिङ खानेपानी, अशिदश चौवाह-उरामथुम लिफ्टिङ खानेपानी योजना, दुग्दी, धैरेनी-धरमपानी योजना निर्माण सम्पन्न गरी एक घर एक धारा बनाइदिनुपर्ने र उपल्लो टिकुरी, तल्लो टिकुरी खानेपानी योजनामा मिटर जडान गर्नुपर्ने माग छन् । जितेपछि ५ वर्षभित्र यी काम सम्पन्न गरिदिन्छौं भनेर भुसाललाई मतदाताले लिखित हस्ताक्षर गराएका छन् ।

रायमाझीलाई पनि विकासका मागमा लिखित प्रतिबद्धता गराउने स्थानीयले बताएका छन् । रायमाझीले लगातार तीन पटक चुनाव जितिसक्नु भएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?