‘परस्त्री’लाई पीजी सर्टिफिकेट

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘परस्त्री’ले सेन्सर बोर्ड (केन्द्रीय चलचित्र जाँच समिति)बाट रिलिजका लागि अनुमति पाएको छ । सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएपछि ‘परस्त्री’ले रिलिजका लागि अनुमति पाएको हो ।

चलचित्रमा रहेका केही दृष्य हटाए र केही सिन ब्लोर गरेपछि बोर्डले पीजी सर्टिफिकेट दिएको हो । यो सिनेमा हेर्न १६ वर्षमुनिका बालबालिकाले अभिभावक लिएरमात्रै हल जानुपर्नेछ । यसअघि सेन्सर बोर्डले चलचित्रमा रहेका केही सिन नहटाउँदासम्म रिलिजका लागि अनुमति दिन अस्वीकार गरेको थियो । सुरज पाण्डेको डेब्यु निर्देशन ‘परस्त्री’मा शिल्पा मास्के कोसिस क्षेत्री, गौरव विष्ट मुख्य भूमिकामा हुनुहुन्छ । दीपेन्द्र के खनालले लेखेको चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुनुहुन्छ ।

यही असार १५ गतेदेखि नेपाल र भारतमा सिनेमाघरमा एकसाथ यो चलचित्र प्रदर्शनमा आउँदै छ । यसैबीच, ‘परस्त्री’को लिरिकल भिडियो गीत पनि सार्वजनिक गरिएको छ । ‘जीवन भनेको’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार कोसिस क्षेत्री, शिल्पा मास्के र गौरव विष्टका चल अचल दृश्यहरू समावेश गरिएको छ । केके ब्रदर्सको कम्पोज तथा शब्द रचना रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?