![चट्याङ लागेर प्रजाको मृत्यु](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/chatyang-achham.jpg)
काठमाडौं । गत आर्थिक वर्ष ९५ अर्ब ६० करोड २१ लाख बेरुजु भएको छ ।
महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेका तथ्याङ्कमा सो बेरुजु देखिएको हो ।
संघीय सरकार तथा प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थासमेत यस वर्ष ७८ खर्ब ८१ अर्ब ६० करोडको लेखापरीक्षण गरिएको छ।
सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तह समेतको लेखापरीक्षणबाट ९५ अर्ब ६० करोड बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण गर्ने सन्दर्भमा वार्षिक लेखा परीक्षण योजना, निकायगत एवं कार्यालयगत लेखा परीक्षण योजना तर्जुमा गरी कार्यालयहरूको जोखिम विश्लेषण गरिएको छ । सो अनुसार उच्च र न्यून जोखिम वर्गीकरण मार्फत विद्युतीय प्रणालीको आधारमा लेखा परीक्षण सम्पन्न गरिएको छ ।
लेखा परीक्षण गर्दा उच्च जोखिम भएका कार्यालयको स्थलगत रूपमा गरिएको छ भने न्यून जोखिम भएका कार्यालयको दूर लेखा परीक्षण विधिबाट सम्पन्न गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच