टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता एवं सांसद टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

२० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।

शनिवार साँझ पक्राउ परेका रायमाझीलाई आज सोहखुट्टे प्रहरी चौकीको हिरासतबाट सोमवार जिल्ला अदालत लगिएको थियो।

प्रहरी भ्यानमा आएका रायमाझी उपस्थित मिडियाकर्मीलाई हात हल्लाउँदै जिल्ला अदालत प्रवेश गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?