युद्ध शान्तिको पर्याय हुन सक्दैन

डा. गणेशप्रसाद घिमिरे
Read Time = 15 mins

जीवन आफैँमा युुद्ध हो । जीवनलाई युद्धका रूपमा सबैले मानेका छन् । यो युद्ध लड्नका लागि मानिसमा समाथ्र्य, बल र क्षमता अनिवार्य मानिएको हुुन्छ । यो जीवनको युुद्धलाई परास्त गर्न मानिसले आफ्ना सबै ज्ञानशक्तिलाई क्रियाशक्तिमा परिवर्तन गर्नु अनिवार्य मानिन्छ । ज्ञानमा देखिएको ऊर्जालाई क्रियामा परिवर्तन गर्ने क्षमता र उसले दिने दृढतालाई अवलम्बन गर्ने हो भने मानिसका जीवनका हरेक सन्दर्भ चिन्तनीय बनेर उपस्थित भएका हुन्छन् । यसैलाई जीवनको महत्वका रूपमा मानिएको छ । मानिस मानिस भएर बाँच्न चाहिने उसका हरेक सन्दर्भ मानवीय चेतनाको सन्दर्भमा सक्रिय रहनुु आवश्यक मानिन्छ । त्यसैले जहिले पनि जीवनयुुद्ध मानिसको व्यक्तिगत बनेर आएको हुुन्छ ।

महाभारत जीवनको युद्ध होइन । त्यसलाई धर्मयुुद्ध मानिएको छ । राजनीति, कूटनीति, युद्धनीतितथा संसारमा भएका सबै नीतिको संयोजन महाभारतमा भरिएर रहेको छ । सत्ता, अंश र अधिकारका लागि गरिएको त्यो युद्धमा जीवनका रहेक सन्दर्भ र युुद्धमा अपनाइने सबै छलनीति समावेश भएका छन् । महाभारतको युुद्धलाई धर्मयुद्धका रूपमा मानिएको छ । यही युुद्ध नै जीवनको सबैभन्दा महत्वको विषय बनेर उपस्थित भएको छ तत्कालीन समयमा ।

पाण्डवले कहिले पनि युुद्धलाई आफ्नो आधार मानेनन् । युद्धबाट समस्याको समाधान हुुन्छ भन्ने कुरामा विश्वास समेत गरेनन् । शान्ति, भातृत्वलाई उनीहरूले जीवनको महत्वका रूपमा सकारेका छन् तर त्यसो हुन सकेन र युद्ध नै महाभारतको केन्द्र बनेर उपस्थित बनेको देखियो ।

पाण्डवले कहिले पनि युुद्धलाई आफ्नो आधार मानेनन् । युद्धबाट समस्याको समाधान हुुन्छ भन्ने कुरामा विश्वास समेत गरेनन् । शान्ति, भातृत्वलाई उनीहरूले जीवनको महत्वका रूपमा सकारेका छन् महाभारतमा । तर, त्यसो हुन सकेन र युद्ध नै महाभारतको केन्द्र बनेर उपस्थित बनेको देखियो । यही युद्धलाई तत्कालीन समयदेखि उत्तरवर्ती समयमा धर्मयुुद्धका रूपमा मानियो । यो युुद्ध नहोस् भन्ने कामना पाण्डवको मात्र नभएर कृष्णको पनि थियो । बलमा श्रेष्ठ भीमसेनसमेत युुद्धको पक्षमा थिएनन् ।

भीमको तर्क :
भीम आफैँमा बलशाली थिए । उनमा दशहजार हात्ती बराबरको बल थियो । दुुर्योधन र दुुशासनलाई युद्धमा समाप्त पार्ने प्रतिज्ञाबद्ध पनि थिए । ती भीम पनि युुद्ध संहार हो, सर्वनाश हो, मानवताको तिरस्कार हो भन्ने पक्षमा सबल बनेर उभिएका थिए । उनले कृष्णलाई शान्तिदूूतका रूपमा पठाउँदा युुद्धलाई सकेसम्म रोक्नुहोला भन्ने आशय व्यक्त गरेको देखिन्छ ।
यथा यथैव शान्तिः स्यात् कूरूणां मधसूूदन ।
तथा तथैव भाषेथा मा स्म युुद्धेन भीषयेः ।।
हे कृष्ण ! कौरवका बीचमा यस्तो वाणी प्रयोग गर्नुहोला जसमा युुद्ध सकेसम्म रोकियोस् । भीमसेन आफैंमा युद्धको अभिलाषा राख्ने व्यक्ति थिए । उनले युधिष्ठिरलाई पटकपटक युुद्धका लागि सक्रिय हुन आग्रह गरेका थिए । दुुर्योधनको व्यवहारबाट बाल्यकालदेखि नै प्रताडित थिए । युद्धबाट समाधान निक्लन्छ भन्नेमा विश्वास पनि राख्ने खालका थिए । उनले देखाएको बाटोमा युधिष्ठिर हिँडेको भए महाभारतको युुद्ध उहिले नै भइसक्ने सङ्केत पाइन्छ तर त्यसो हुन सकेन । उनी महाभारतको युद्धलाई समाप्न पार्न र शान्तिका माध्यमबाट समाधान खोज्न कृष्णसित आग्रह गर्ने व्यक्तिका रूपमा उपस्थित भएका छन् । दुुर्योधनको स्वभावलाई लिएर भीमसेन भन्छन् :
अदीर्घदर्शी निष्ठूूरी क्षेप्ता क्रूूरपारक्रमः ।
दीर्घमन्युुरनेयश्च पापात्मा निकृतिप्रियः ।।
दुुर्योधन अदूूरदर्शी, निष्ठुुर वचन बोल्ने, परनिन्दक, क्रूूर पराक्रमी, धेरै समयसम्म क्रोधलाई मनमा राख्ने, शिक्षा दिँदा सत्मार्गलाई नअपनाउने, पापात्मा व्यक्ति हो । दुर्योधनको व्यक्तित्वलाई यसरी व्याख्या गर्ने भीम किन शान्तिका पक्षमा कृष्णलाई प्रस्ताव लैजान आग्रह गरेका छन् त्यो विषय मननीय देखिएको छ ।

युुद्धशासकको शनकका भरमा हुुने गरेको छ । शासनमा सत्तासीन व्यक्ति सन्की भएको खण्डमा उसले युुद्धलाई साधनका रूपमा प्रयोग गरेको हुुन्छ । उसले युुद्ध मानिस र मानवताका लागि डरलाग्दो हुुन्छ भन्ने जानेको पनि हुुन्छ । यो जानेर पनि युुद्धलाई नै समाधानको उपाय मान्ने ऊ सन्की शासक मानिएको हुन्छ । यस्तै सनकका भरमा शासनमा रमाउने शासक नै राज्य र विश्वका लागि अनुुुपयुुक्त शासक मानिएका हुुन्छन् । भीमसेन आफैँमा सनकमा चल्ने व्यक्ति हुन् । उनीसित ठूलो गुण दाजुुको आज्ञालाई उलङ्घन गर्न नसक्नुु थियो । दाजुुको आज्ञालाई सदा शिरोधार्य गर्ने उनी दुुर्योधन सदा युुद्धको पक्षमा रहेका कारण शान्तिलाई मान्दैन भन्ने विश्वासमा थिए त ? युुद्ध अवश्यम्भावी छ भन्ने सङ्केतमा पुुगेका हुन् कि भन्ने तर्क देखिन्छ पनि ।

कृष्णको प्रतिक्रिया :
कृष्णलाई ईश्वरका रूपमा मानिएको छ । उनले महाभारतलाई धर्मयुुद्धका रूपमा लिएका छन् । यो धर्मयुद्ध भएकाले शान्ति युद्धपछि मात्र सम्भव छ भन्ने धारणामा केन्द्रित देखिएका छन् । भीमसेनजस्तो व्यक्ति यदि युद्धबाट पछि हटेर शान्तिका लागि प्रस्ताव लैजान आग्रह गर्दछ भने युुद्ध नहुुने सङ्केतमा कृष्ण पुुगेको देखिन्छ । य्ुद्धलाई सर्वोपरि मान्ने भीमसमेत युद्धबाट पन्छिने प्रयासमा रहेमा यो धर्मयु्ुद्ध नहुुने निष्कर्षमा कृष्ण पुुगेका छन् । कृष्णको डर धर्मयुुद्धमा भीमसेन बाधक हुने हो कि भन्ने थियो । त्यसैले कृष्ण भीमलाई सम्बोधन गर्दै भन्छन् :
अहो युुद्धाभिकाङ्क्षाणां युुद्धकाले उपस्थिते ।
चेतांसि विप्रतीपानि यत् त्वां भीर्भीम विन्दति ।।
पहिलेदेखि नै युुद्धको अभिलाषा राख्ने व्यक्तिमा युुद्धको अवसर प्राप्त हुँदा विचारमा यसरी परिवर्तन आउँदो रहेछ । भीम तिमीलाई युुद्धबाट डर लाग्न थाल्यो र ! कृष्णको अभिव्यक्तिले भीमसेन जस्तो व्यक्ति शान्तिका पक्षमा उभिनुु पक्कै पनि शुुभसङ्केत होइन भन्ने भावलाई बाहिर ल्याएको देखिन्छ । डर मानिसको शत्रुु हो । भयभीत हुनुु मानवीय कमजोरी हो । भयले कसैको जीवन रक्षा र मानवताको कल्याण सम्भव छ भने भय पनि मानिसका लागि सही मार्ग हुने गरेको हुन्छ । भीमसेनमा देखिएको यही भय नै कृष्णको चिन्ताको कारण बनेर आएको देखिन्छ । शान्तिकामी भीमसेनलाई सम्बोधन गर्दै कृष्ण भन्छन् :
अहो नाशंससे किञ्चित् पुुंस्त्वं क्लीब इवात्मनि
कश्मलेनाभिपन्नोऽसि तस्मात् प्रशमिच्छति ।।
अहो कायर ! तिमीले आफ्नो पुुरुषार्थका बारेमा केही सोचेका छैनौँ । तिमीमाथि मोहले शासन गरिसक्यो । तिम्रो मानसिक अवस्था ठीक छैन । यहाँ भीमलाई मानसिक अवस्था ठीक छैन भन्नु कृष्णको कटाक्ष हुन सक्दछ । यदि भीमसेनसमेत युुद्धका लागि तयार भएनन् भने युुधिष्ठिरलाई तयार गर्न अर्को महाभारत हुने करालाई कृष्णले बुुझेको देखिन्छ । यही डरका कारण कृष्णले भीमलाई उक्साइरहेका छन् युद्धका लागि ।

सत्ताको मोहमा परेका, विदुुर, भीष्म, द्रोणचार्यको राय नमान्ने धृतराष्ट्र, शासन चलाउने सपनाको संसारमा डुुबेको दुर्योधन, यी दुुवैलाई कुुमार्गमा लैजाने सकुुनीले गर्दा महाभारतको युद्धले निष्कर्ष पाएको देखेका छन् कृष्णले । प्रतिज्ञामा प्रतिबद्ध भएको व्यक्ति वा योद्धा युुद्धबाट पछि हट्यो भने कसरी धर्मयुुद्धलाई पूूर्णता दिन सकिन्छ भन्ने चिन्ताले ग्रस्त छन् कृष्ण । यही दोधारमा रहेका कृष्णले भीमलाई युुद्धका लागि हौस्याइरहेका छन् ।

कृष्णको विषाद भीमसेनको शान्तिप्रस्ताव हो । सधैँ युद्धको वकालत गर्ने व्यक्ति आज शान्तिकामी बन्नुलाई कृष्ण सही मान्दैनन् । यदि भीम नै युुद्धबाट पछि हटेमा महाभारत नहुुने अवस्थालाई उनले मनन गरे । अन्त्यमा भीमलाई कर्मप्रति सचेत र इमानदार हुन आग्रह गर्दै भन्छन् :
स दृष्ट्वा स्वानि कर्माणि कुले जन्म च भारत
उत्तिष्ठस्व विषादं मा कृता वीरो स्थिरो भव ।।
तिमी जुन कुलमा जन्मेका छौ त्यसलाई ध्यानमा राख । कर्मप्रति सदा सचेत बन । विषाद नगर । आजको क्षत्रीय धर्मलाई निर्वाह गर । यो थियो कृष्णको उक्ति । भीमसेनलाई कर्मप्रति सचेत गराउँदै, युद्धका लागि तयार पार्दै उनी शान्तिको प्रस्ताव लिएर हस्तिनापुर आउँछन् । कृष्ण युद्ध चाहन्थे । कृष्ण धर्मयुुद्धका माध्यमबाट तत्कालीन भारतवर्षमा अन्याय र अत्याचारको अन्त्य खोज्नमा समर्थवान् थिए । कुनै कारणले पनि युुद्ध रोकिनुु हुुँदैन भन्ने दृढता उनमा विद्यमान थियो तर किन शान्तिदूत बनेर गए भन्ने प्रश्न सदा महाभारतका पाठकका मनमा जमेर नै बस्यो ।

कृष्ण धर्मयुुद्धका माध्यमबाट तत्कालीन भारतवर्षमा अन्याय र अत्याचारको अन्त्य खोज्नमा समर्थवान् थिए । कुनै कारणले पनि युुद्ध रोकिनुु हुुँदैन भन्ने दृढता उनमा विद्यमान थियो तर किन शान्तिदूत बनेर गए भन्ने प्रश्न सदा महाभारतका पाठकका मनमा जमेर नै बस्यो ।

शान्तिको प्रस्ताव अस्वीकृत हुने विश्वास कृष्णमा थियो त ? विदुर, भीष्म, कुलगुुर कृपाचार्य तथा द्रोणको सुझाव दुुर्योधनले मान्दैन भन्ने विश्वास थियो कृष्णलाई । यही कारण उनी शान्तिका मार्गलाई र युद्धको डरलाग्दो अवस्थालाई सदासँगै लैजाने व्यक्तिका रूपमा उपस्थित भए ।

युद्ध मानवीय चेतनाको तिरस्कार हो । युुद्ध बाँच्न पाउने मानिसको अधिकारलाई कुुण्ठित गर्ने साधन हो । युुद्ध जीवन बाँच्न चाहने व्यक्ति स्वतन्त्रतालाई समाप्त पार्ने मार्ग हो । युुद्धले कहिले पनि मानिसको कल्याण गर्दैन । युुद्ध सदामानवीय चेतना र मानिसको सिर्जनाशक्तिलाई गतिशील बन्न नदिने शस्त्र हो । शान्तिबाट सबै कुराको निकाश आउने हो । मानिसले मानिसलाई मानिसकै दृष्टिबाट हेर्ने हो भने युद्ध चाहिँदैन । यही हो कृष्णको सन्देश पनि ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?