सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहनुभएको सुनसरी ४ मा मतगणना रोकिएको छ ।

कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाउनु भएको छ भने नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २१ हजार ६ सय ३ मत ल्याउनु भएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?