मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

तेह्रथुम । तेह्रथुमको म्याङलुङस्थित दशगते पार्क क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

को२१प ४२२८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा फेदाप गाउँपालिका २ ओयाक्जुङका चन्द्रबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिनुभयो ।

मोटरसाइकल अनियन्त्रित भएर पिल्लरमा ठोकिँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?