सिड्नीको बोन्डी बीचमा २५ सय व्यक्तिद्वारा कलाकृतिका लागि नग्न पोज

Read Time = 2 mins

सिड्नी । सिड्नीको बोन्डी बीचमा करिब २५ सय व्यक्तिले एक कलाकृतिको लागि नग्न पोज दिएका छन् । छालाको क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले यो कलाकृति बनाइएको हो ।

अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले समुद्र तटमा नग्न मानिसहरूको तस्वीर खिचेर छालाको क्यान्सरको बारेमा सचेतना फैलाइरहनुभएको छ । यसको उद्देश्य अष्ट्रेलियाका मानिसलाई नियमित छाला परीक्षण गराउन उत्प्रेरित गर्नु हो । विश्व क्यान्सर अनुसन्धान कोषका अनुसार अष्ट्रेलिया छालाको क्यान्सरको सन्दर्भमा विश्वमा सबैभन्दा बढी प्रभावित देश हो । स्थानीय समयानुसार बिहान ३.३० बजे स्वयंसेवक समुद्र तटमा भेला भए र नग्न पोज दिएका थिए ।

कार्यक्रममा भाग लिने ७७ वर्षीय ब्रुस फिशरले एएफपी समाचार एजेन्सीलाई भन्नुभयो, ‘मलाई लाग्छ यो राम्रो विचार हो । मलाई जे भए पनि बोन्डी बीचमा स्ट्रिप गर्न मन पर्छ ।’ फोटोग्राफर ट्युनिक विश्वभरका चर्चित स्थानमा कलात्मक नग्न फोटो खिच्नका लागि प्रसिद्ध हुनुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?