सामसुङ टिभीमा विश्वकप अफर

Read Time = 2 mins

काठमाडौं । सामसुङले फुटबल सिजन लक्षित ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर ल्याएको छ । अफरअन्तर्गत सामसुङ टिभी खरिद गर्दा निःशुल्क इन्स्टलेसन र क्युएलइडी प्रिमियम युएचडी टिभी खरिदमा निःशुल्क साउन्डबारसहित ३० प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी रहेको छ ।

सामसुङ टिभीको उत्कृष्ट पिक्चर क्वालिटीले उपभोक्तालाई हरेक खेलमा साउन्डबारको कुनै कम्प्रमाइज बिना इमर्सिभ दृश्य प्रदान गर्ने कम्पनीको दाबी छ ।

आफूले छनोट गरिएका आउटलेटबाट टिभी खरिद गर्दा शून्य ब्याजमा किस्ताबन्दी, डिस्काउन्ट भाउचर, विभिन्न लोकप्रिय रेष्टुरेन्टमा स्वादिष्ट भोजनको आनन्द लिँदै ठूला सामसुङ टिभी स्क्रिनमा फुटबल हेर्न सकिने कम्पनीले जनाएको छ । साथै एक्सचेन्जमा उत्कृष्ट मूल्यांकनसमेत प्राप्त गर्न सकिन्छ, जसका लागि थप देशभरका विशेष हिम इलेक्ट्रोनिक्सअन्तर्गतका सामसुङ प्लाजाद्वारा सुविधा प्रदान गरेको आर्कस्टोर डट कममार्फत् एक्सचेन्ज गर्नुपर्नेछ ।

७५ इन्च वा सोभन्दा माथिको क्रिस्टल फोरके युएचडी टिभी, सामसुङ फ्रेम टिभी खरिदमा निःशुल्क साउन्डबार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सामसुङ टिभीमा एक वर्षको वारेन्टी र प्यानलमा पनि थप एक वर्ष वारेन्टी रहेको छ । अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्कअन्तर्गत ३१ डिसेम्बरसम्म रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?