थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ ।

आज दिउँसो डोजरसहित सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।

यसै क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ।

सुकुबासी बस्तीभित्र प्रहरी छिर्न लाग्दा स्थानीय र प्रहरीबीच ढुंगा हानेका थिए। त्यस्तै स्थानीयहरूले टायर बालेर विरोध प्रदर्शन समेत गरेका छन् । ढुंगामुढासहित स्थानीय आइलागेपछि महानगर प्रहरीसमेत पछि हट्नु परेको थियो । स्थानीयले प्रहरी र महानगरविरुद्ध नाराबाजी गरेका छन् ।

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरिएको थियो।

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?