नेक्ससको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजकमध्येको एक नेक्सस इन्टरनेसनल एकेडेमीले पाँचौँ नेक्सस-संकटा कप छात्र फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मध्यपुर ठिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको उद्घाटन खेलमा नेक्ससले भीमेश्वर एकेडेमीलाई ८-० को फराकिलो गोलअन्तरले पराजित गर्‍यो । नेक्ससको जितमा अंकित आले मगर, अनिश थापा मगर र एकराज विकले दुई-दुई तथा दिनल लिम्बू र किशोर दनुवारले एक-एक गोल योगदान गर्नुभयो । जितसँगै नेक्सस क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेक्सस र ए डिभिजन क्लब संकटा युथ क्लबद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगिताको प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । सो अवसरमा नेक्ससका प्रिन्सिपल आरबी कट्वाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ, दिपिका रिमाल र कृष्णप्रसाद अधिकारी, मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंह, संकटाका अध्यक्ष इन्द्रमान तुलाधरलगायतको उपस्थिति रहेको थियो ।

विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने प्रतियोगिताका संयोजक विवेक कट्वालले जनाउनुभएको छ । नकआउट पद्धतिमा जारी प्रतियोगितामा १६ टिम सहभागी छन् । प्रतियोगिताअन्तर्गत कौस्तुभ एकेडेमी र लोयल्टी एकेडेमी तथा सञ्जय साइ विद्या मन्दिर र ग्रामरबीच खेल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?