बेइजिङ । चीनले अन्तर्राष्ट्रिय थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रिएक्टर (आइटीइआर)को मुख्य भागमा काम सम्पन्न भएको जनाएको छ । आइटीइआर संसारकै सबैभन्दा ठूलो ‘कृत्रिम सूर्य’ भनेर चिनिन्छ । आइटीइआर फ्रान्सस्थित विशाल अन्तर्राष्ट्रिय आणविक परियोजना हो ।
बेलायत, स्विट्जरल्याण्ड, भारत, जापान, कोरिय, अमेरिका, चीन, रुस र २७ युरोपेली राष्ट्रहरूसहित ३५ देशहरूको अन्तर्राष्ट्रिय सहकार्यमा परियोजना निर्माण भइरहेको छ ।
निर्माण लागतको ४५ प्रतिशत रकम युरोपले जुटाएको छ भने बाँकी प्रत्येक देशले करिब नौ प्रतिशत जुटाएका छन् । २२ अर्ब डलरको यो परियोजना सन् २०२५ मा सञ्चालन सुरु हुने अनुमान गरिएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच