धमला निमित्त सदस्य-सचिव

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाले राखेपको निमित्त सदस्य-सचिवको जिम्मेवारी पाउनुभएको छ ।
राखेपका सदस्य-सचिव टंकलाल घिसिङ डिसेम्बर १ देखि ३ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको युएई राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालयमा हुने एसिया रग्बी कार्यकारी समिति र इमिरेट्स दुबई रग्बी सेभेन्सको बैठकमा सहभागी हुन दुबई जानुपर्ने भएकाले धमलालाई निमित्त सदस्य-सचिवको जिम्मेवारी दिइएको हो ।

धमलाले घिसिङको अनुपस्थितिमा राखेपको नीतिगत निर्णय र आर्थिक कारोबारबाहेक दैनिक प्रशासनिक कार्य गर्नका लागि जिम्मेवारी दिइएको हो । सदस्य-सचिव घिसिङ दुबई प्रस्थान गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?