पद्मा अर्याललाई ११३५ मतले उछिन्दै धनराज गुरुङकाे अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

स्याङ्जा । निर्वाचन आयोगको निर्देशनपछि गन्न थालिएको प्रतिनिधिसभातर्फको स्याङ्जा-२ कांग्रेसका उपसभापतिसमेत रहनुभएका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाउनु भएको छ ।

एमाले सचिवसमेत रहनुभएकी पद्मा अर्याललाई एक हजार १३५ मतले पछि पार्दै गुरुङले अग्रता लिनुभएको हो ।

गुरुङले ४ हजार ५९० मत पाउँदा अर्यालले ३ हजार ४५५ मतसहित पछ्याइरहनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?