भ्याली पब्लिक र एन्जल्स हार्ट क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक भ्याली पब्लिक र एन्जल्स हार्ट १५औँ माछापुच्छ्रे-भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले हृवाइटफिल्डलाई ३२-१४ ले पराजित गर्‍यो । भ्याली पब्लिकको जितमा छिमे तामाङले ११ अंक योगदान गर्नुभयो । एन्जल्स हार्टले हिमरश्मीलाई १६-११ ले हरायो ।

सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबिए) ले सैनिकलाई ४३-२८, हिमालयन किङडमले रेडिअन्टलाई २८-१५, एचएचसिएले पारा माउन्ट एकेडेमीलाई ३९-१५, बसुन्धारा नेसनल एकेडेमी (बिएनए) ले स्कलर्स होम एकेडेमीलाई ४८-२९ र नेसनल युनाइटेडले एन्जल्स हार्टलाई २७-२३ ले पाखा लगाए । इबिएका सौगात खत्रीले २८, एचएचसिएका पविन मगरले ११, बिएनएका सन्देश खड्काले २८ र नेसनल युनाइटेडका सविन नगरकोटीले ११ स्कोर गर्नुभयो ।

सिनियर गल्र्समा एन्जल गुप्ता र मुस्कान गुरुङको ६-६ अंक सहयोगमा भ्याली पब्लिकले फेरिल्याण्डमाथि २४-१६ को जित आत्मसात ग¥यो । जितसँगै भ्याली पब्लिकले सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?