यस्तो छ तपाईंको मंसिर १६ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल मंसिर १६ गते शुक्रबार, ई.सं २ डिसेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष नवमी, नक्षत्र- पूर्वभाद्रपदा, योग- वज्र, करण- कौलव, चन्द्रराशि- मीन, सूर्योदयः ६ः३९, सूर्यास्तः १७ः०६

मेष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

कर्कट : अन्योलका बीच लक्षित कार्यमा अवरोध हुनेछ ।

सिंह : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कन्या : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।

वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।

धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मीन : माया प्रेममा सामान्य मनमुटाब हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?