बाढीले मेलम्ची-हेलम्बु सडक अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

सिन्धुपाल्चोक । शनिबार रातिको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डअन्तर्गत मेलम्ची-११ मा सडक अवरुद्ध भएको छ ।

सीमखेतनजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका-६ र ७ का स्थानीय प्रभावित भएका छन् ।

पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?