दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालद्वारा राजीनामा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिनुभएको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिद लगायतका विषयमा अनियमितामा संलग्न भएको आरोप लागेपश्चात उहाँले आज राजीनामा दिनुभएको हो ।

खनालले मंगलबार सञ्चारमन्त्री रेखा शर्मासमक्ष बुधबारदेखि लागू हुने गरी राजीनामापत्र बुझाएको मन्त्रालय स्रोतले बतायो । मन्त्री शर्माले बर्खास्त गर्ने तयारी गरेपछि खनालले राजीनामा दिइएको बुझिएको छ ।

खनालको कार्यकाल आगामी साउन पहिलो सातासम्म थियो ।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले उहाँलाई २०७६ साउन ६ मा ५ वर्षका लागि नियुक्ति गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?