काठमाडौं । नेपालगञ्ज म्याराथनसँग अफिसियल बैंकिङ पार्टनरका रूपमा सिद्धार्थ बैंक जोडिएको छ । मंसिर २४ गते शनिबार आयोजना हुने आठौँ संस्करणको म्याराथनसँग बैंकिङ पार्टनरका रूपमा बैंक जोडिएको हो ।
बैंकका उपप्रदेश कार्यालय हेड उपेन्द्रप्रकाश गड्तौला र क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका सिओओ सौगातविक्रम शाहले आइतबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतापछि नेपालगञ्ज म्याराथनसम्बन्धी सम्पूर्ण कारोबार सिद्धार्थ बैंकबाट गरिने भएको छ ।
विश्व म्याराथनको नियमनकारी निकाय एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)बाट रुट प्रमाणीकरण तथा पूर्णकालीन सदस्यता प्राप्तिपछि हुन लागेको आठौँ संस्करणमा विदेशी धावकको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।
यसपटक दुईदिने कार्यक्रम गरी नेपालगञ्ज म्याराथन आयोजना गरिँंदैछ । पहिलो दिन शुक्रबार दिउँसोदेखि रातीसम्म उपमहानगरपालिका परिसरमा विभिन्न विषयमा मन्थनका साथै स्वादको शहरका रूपमा चिनाउने कार्यक्रमसमेत हुनेछ । साथै कवि गोष्ठी र मुसायरा पनि हुनेछ । शनिबार बिहान म्याराथन आरम्भ हुनेछ ।
यस वर्ष नेपालगञ्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेसलाई एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले प्रमाणीकरण गरेको छ ।
यस वर्ष पनि विभिन्न ११ वटा विधामा स्पर्धा समावेश गरिनेछ । कर्पोरेटतर्फ महिला यस वर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१किमी), १० किमी पुरुष खुला, पाँच किमी महिला खुला, पाँच किमी स्कुलस्तरीय छात्र, तीन किमी स्कुलस्तरीय छात्रा, किड्स रन(८देखि १२ वर्ष उमेर समूह), दुई किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्लास्तरीय मात्र हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच