१५८ क्षमताको बर्दिया कारागारमा ४५२ कैदीबन्दी

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । बर्दिया कारागारमा क्षमता भन्दा चौगुना बढि थुनुवा तथा कैदीबन्दी रहेका छन् ।

जिर्ण अवस्थामा रहेको कारागारको भवनमा १ सय ५८ जनाको क्षमता भएपनि हाल कारगारमा ४ सय ५२ जना थुनुवा तथा कैदि बन्दि रहेका छन् । जस मध्ये ३ सय ९९ जना पुरुष र ४९ जना महिला रहेका छन् । १ सय ३३ जना पुरुष कैदिबन्दी रहने क्षमता रहेको कारागारमा ३ सय ९९ जना पुरुष छन भने २५ जना महिला क्षमता भएको कारागारमा हाल ४९ जना महिला रहेका छन् ।

क्षमता भन्दा वढि कैदिबन्दि र थुनुवा रहदा कैदिबन्दीको दैनिकी निकै कष्टकर भएको छ । कारागारमा ४ जना ५ वर्ष मुनिका बालबालिका समेत रहेको बर्दिया कारागारका प्रमुख सन्तोष विकले बताउनु भयो । ती बालबालिका आफनै आमा सग रहेको बताइन्छ घरमा हेर्ने मानिस कोहि नभएको र बच्चाहरु सानै भएका कारण आमा सँगै रहेको विकले बताउनु भयो ।

कैद सजायका काटिरहेका मध्ये १० जना भारतिय नागरिक रहेका छन जस मध्ये ६ जना थुनुवा र ४ जनाले कैद भुत्तानका लागी सजाए काटिरहेका छन् । कारागारमा रहेका मध्ये अधिकास लागु औषध, जवरजस्ती करणी, हातहतियार खरखजाना, डाँका चोरी, बहुविवाह, तथा व्यत्तिः हत्याको सजाए काटिरहेका छन भने कतिको मुद्धाको टुगो लाग्न बाँकि रहेको छ । निकै पुरानो कारागारको अवस्था जिर्ण भएका कारण कैदि बन्दिहरु कोच्चियर वस्न बाध्य भएका छन् । १ सय ५८ जनाको क्षमताको कारागारमा हाल ४ सय भन्दा बढि कैदि बन्दि रहेका कारण कारागारको सुरक्षामा समेत प्रश्न चिन्ह खडा भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?