अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै छ ।

डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ । दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जालको पहलमा सन् २०१९ देखि यो अभियान मनाइँदै आएको छ ।

लंैगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रूपमा मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस दिवसको यो चौथो संस्करण हो र यस वर्षको नारा ‘बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी’ भन्ने रहेको छ ।

महिनावारी प्राकृतिक शारीरिक प्रक्रिया हो । महिलाको गर्भाशयको भित्री तहमा मासिक रूपमा जम्मा भएका तन्तुहरू र रगत बाहिर फालिने विशुद्ध प्राकृतिक र महत्वपूर्ण प्रक्रिया यो । प्राकृतिक, स्वाभाविक र महत्वपूर्ण प्रक्रिया भए पनि महिनावारीका बारेमा विश्वका विभिन्न भागमा त्यहाँका संस्कृति र सामाजिक मान्यताअनुसार यसबारेमा विभिन्न धारणा रहेको पाइन्छ ।

केही संस्कृतिमा महिनावारीलाई सम्मानका दृष्टिले हेरिने भए पनि विश्वका अधिकांश भागमा महिनावारी र महिनावारी भएका महिलालाई अशुद्ध, फोहोर र अपवित्र मान्ने अन्धविश्वास वर्षौंदेखि कायम रहेको पाइन्छ ।

यसैका आधारमा महिलालाई विभिन्न पारिवारिक, सामाजिक, सांस्कृतिक र धार्मिक कार्यक्रमहरूमा भाग लिन वञ्चित गरिन्छ । नेपालमा पनि यस्तो अन्धविश्वास रहेको पाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?