यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

Read Time = 2 mins

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३३५ रुपैयाँ रहेको जनाएको छ ।

हरियो अंगुर २३५ रुपैयाँ, अदुवा ५५, नेपाली ठूलो गोलभेडा ४५ रुपैयाँ, अनार ३१० रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ ३३ पैसा, सेतो आलु ४३ रुपैयाँ ३३ पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, कागती ११० रुपैयाँ, किवि २२५ रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३५ रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, घिरौला र चमसूरको साग ८५ रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ, डल्ले च्याउ ३६० रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोरीको साग ४५ रुपैया, लोकल परवर ५५ रुपैयाँ, भारतीय सुकेको प्याज ५३ रुपैयाँ ३३ पैसा र हरियो धनिया ११० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?