पाल्पा । तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सडक खण्डको सिरुखर्क, माल्मुुल क्षेत्रमा चौडा गर्नका लागि आजदेखि सडक बन्द गरिएको हो । मंसिर २२ गतेदेखि पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाले एक सूूचना जारी गर्दै सडक चौडा गर्नुपर्ने भएकाले बाटो बन्द गरी सडक निर्माण कार्य गरिने जनाएको छ । सडक निर्माणको समय बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने छ ।
निर्माण व्यवसायीले तानसेन–रिडी सडक खण्डको सिरुखर्क, माल्मुुल क्षेत्रमा सडक चौडा गर्नका लागि सहज रुपमा कार्य सम्पन्न गर्न प्रतिवद्धता जनाउदै सडक कार्यालयलाई सडक बन्द गर्ने समय तालिका माग गर्दै निवेदन दिएको थियो । सोही निवेदनको आधारमा सडक कार्यालयले समय तालिका सार्वजनिक गरेको हो ।
उक्त क्षेत्रमा सडक बन्द रहे पनि यो सडक खण्ड हुँदै गुल्मी, बागलुुङ्ग , अर्घाखाँची जाने आउने साना सवारी साधन भने लुहुङ्ग –बतासेडाँडा भएर चल्न सक्ने छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच