सरकारले विज्ञापन बजारलाई व्यवस्थापन गर्न नसक्दा बजार खुम्चियो : विज्ञापन एजेन्सीहरु

हिमालय टाइम्स
Read Time = 12 mins

काठमाडौं । सरकारले विज्ञापन बजारलाई व्यवस्थापन गर्न नसक्दा विज्ञापन बजार घट्दै गएको विज्ञापन एजेन्सीहरुले आरोप लगाएका छन् ।

उनीहरुले सरकारले नीतिगत कार्य गर्दा विज्ञापन उद्योग बढी विकास गर्ने भन्दा नियन्त्रण गर्न लागेकाले विज्ञापन बजार खुम्चिएको आरोप लगाएका हुन् ।

एजेन्सीहरुले विज्ञापन बजार खुम्चिनुमा विगत केही समयदेखि देशमा भइरहेको आर्थिक गतिविधि र अव्यवस्थित आर्थिक अवस्थालाई दोष लगाएका छन् । केही सिर्जित कारणले पनि विज्ञापन बजार खुम्चिएको उनीहरुको भनाइ छ ।

नेपाल विज्ञापन संघका नवनिर्वाचित अध्यक्ष सुदीप थापाले सकरार विज्ञापन उद्योग बढी विकास गर्ने भन्दा नियन्त्रण गर्न लागेकाले विज्ञापन बजार खुम्चिएको आरोप लगाउनु भयो । उहाँले विगतमा अर्थतन्त्र आयातमुखीमा निर्भर हुँदा विदेशी ब्राण्डहरुले नेपाली बजारमा गरेको असर र आज नेपाली ब्राण्डहरुलाई चल्नलाई गाह्रो भएको अवस्थाले विज्ञापन बजार खुम्चिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको वल्र्ड इकोनोमि क्राइसेस त्यसले पारेको एउटा असर र हाम्रो आफ्नो नेपाली बजारको खुम्चिँदो अवस्था र नेपालमा हिजोका दिनमा यो हाम्रो अर्थतन्त्र आयातमुखीमा निर्भर हुँदा विदेशी ब्राण्डहरुले नेपाली बजारमा गरेको असर र आज नेपाली ब्राण्डहरुलाई चल्नलाई गाह्रो भएको अवस्थाले गर्दा हाम्रो बजार खुम्चिएको अवस्थाहरु हो । विज्ञापन क्षेत्रमा देखिएको असर मुख्यरुपमा हामी कम्युनिकेशनमा काम गर्ने एक्सपर्ट अर्गनाइजेशनहरुको संस्था हाम्रो हान र यसले विज्ञापन बजारलाई जसरी चलायमान बनाउनुपर्छ, त्यो चलायमान बनाउनलाई अर्थतन्त्र खुम्चिँदै जानु र मिडियाहरु, विज्ञापनका माध्यमहरु धेरै मात्रामा बढ्दै जाँदा विज्ञापन दाताका कुरा गर्छौं, उहाँहरुले विज्ञापनलाई प्रोफेसनली रुपमा एजेन्सीजहरुले बनाएर पठाएको डाटाबेसमा उहाँहरुले उड्भोटाइजिङलाई प्लेसमेण्ट गर्न नसक्ने अवस्थाका कारण मिडिया हाउसहरु क्लाइन्टकोमा गएर सिधा विज्ञापन माग्दा त्यसले कहाँ नेर हाल्दा विज्ञापनको इन्भेष्टमेण्ट गर्छ भने त्यो कम्पनीले इन्भेष्टमेण्टको रिटर्न खोज्छ खोज्छ । त्यसमा उहाँहरुलाई अलिकित अफ्ठ्यारो पर्दा विज्ञापन चलायमान त्यति बढी हुन सकेन । कम्युनिकेशन एजेन्सिज मात्रै मिडिया हो की ? मिडिया साँच्चिकै जोर्नालिजमको अभिन्न अंग हो ? भन्ने दुई वटा कुराको डिफिनेसन्सलाई सरकारले पनि त्यसलाई क्लियर गर्न सकिरहेको छैन । त्यो नगर्दा व्यवसायिक मिडियाले फाइदा लिन नसकिरहेको अवस्था हो । सरकारले पनि तीन वर्षको बीचमा नीतिगत कार्य गरिरहेको र नीतिगत कार्य गर्दा हाम्रो विज्ञापन बजारलाई हामी मिडया इकोनोमीमा मेजर चलायमान बनाउनु भन्दा पोलिसीमा बढी केन्द्रित भएको पाइयो । नीति पनि इण्डस्ट्री बढी डेभलप गर्ने भन्दा कन्ट्रोल गर्दा हाम्रो बजार बढी खुम्चिन गएका हुन् ।’

त्यस्तै नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष रविन्द्रकुमार रिजालले विज्ञापन बजार खस्किनुमा विगत केही समयदेखि देशमा भइरहेको अव्यवस्थित आर्थिक अवस्था र सरकारले विज्ञापन बजारमा गरेको बन्देज रहेको बताउनु भयो । उहाँले देशमा सिर्जित नकारात्मक प्रचारले पनि विज्ञापन बजारमा असर गरिरहेको बताउनु भयो । उहाँले विज्ञापन बजार खस्किनु सरकारले व्यवस्थापन गर्न नसकेको अप्रिय सिर्जित घटना भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान विज्ञापनको मात्र होइन, देशको सम्पूर्ण आर्थिक अवस्था नै खस्किएको अवस्था छ । हिजोको दिनमा जुन खुला अर्थनीति अन्तर्गत उत्पादन गर्न खुला नीतिअन्तर्गत गर्न पाउने, सेवामुलक भावनाले सेवा गर्नेहरुले गर्ने एन्जिओ, आइएन्जिओहरुले आफ्ना कार्यहरु गर्ने, सबैले आफ्नो आफ्नो सामान बिक्री गर्न, सेवालाई जनसमुदायसम्म पु-याउन, एन्जिओ, आइएन्जिओहरुले आफूले गर्ने भुमिका प्रत्यक्ष जनसरोकार राखेर जनसमक्ष पु¥याउने माध्यम विज्ञापन नै थियो । विगत केही समयदेखि देशमा भइरहेको आर्थिक गतिविधि अव्यवस्थित आर्थिक अवस्था र यसले विज्ञापन गर्नुपर्दैन भन्ने सरकारबाट पनि बेलाबेला गरेको छ भन्ने अनावश्यक हल्लाहरु, राष्ट्र बैंकले रोक लगाएको छ, बीमा प्राधिकरणले रोक लगाएको छ, औद्योगिक प्रतिष्ठानहरुले रोक लगाएको छ, ट्याक्सबाट रोक लगाएको छ, यस्ता रोक बन्देज लगाएको छ, खर्च छैन, केही छैन भन्ने प्रवृत्तिले हामी कहाँ देशको अवस्था नै छैन भन्नेमा परिणत हुन जाला भन्ने डर छ । यो नेपाल सरकारले व्यवस्थापन गर्न नसकेको अप्रिय सिर्जित घटना हो । भोलि गएर यही घटना सबैको दुर्भाग्य हुन्छ ।’

त्यस्तै बोग एड्भटाइजिङ एण्ड इभेन्ट म्यानेजमेण्ट कम्पनीका सञ्चालक प्रभत रिमालले विज्ञापन बजार केही हदसम्म खस्किएको सही भएपनि केही खस्काइएको बताउनु भयो । उहाँले प्रतिष्पर्धात्मक बजार नभएका कारणले विज्ञापन बजार खुम्चिएको बताउनु भयो । उहाँले विगतको जस्तै मौन बसेर विज्ञापन बजार अघि बढ्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विज्ञापन बजार केही हदसम्म खस्किएको पनि हो र केही खस्काइएको पनि हो । बहाना खोज्नेहरुका लागि यो समय कतिपय अवस्थामा बहाना पनि भयो । कम्पिटिशन मार्केट नभएकाले पनि हाम्रो देशमा विज्ञापन बजार खुम्चिएको हो । खुम्चिएको अवस्थाबाट बजारलाई अघि बढाउन धेरै इण्डस्ट्रि चाहिए भन्नेकुरालाई लिएर भएकै कतिपयबाट अवस्थामा आजको अवस्थालाई देखाएर त्यसलाई बहाना देखाएर सिच्वेशन क्रिएट गरेको पनि हुनसक्छ । त्यो निक्र्यौल हुन जरुरी छ । हिजोको जस्तै चुप लागेर बसेर हामी कतै पुग्दैनौँ ।’

त्यस्तै आउन्ट्रिस नेपालका सञ्चालक उजय शाक्यले विज्ञापन बजार बढाउनका लागि विज्ञापन बजारको पुनः आविष्कार गर्न आवश्यक रहेको बताउनु भयो । विज्ञापन बजार चलाउन अहिलेको सर्भिस रिक्वायरमेण्ट, थिंकिङ रिक्वायरमेण्ट, अहिलेको आइडिया रिक्वायरमेण्ट समयानुकुल अघि परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले आफूलाई रि इन्भेन्ट गरेर अघि बढ्नुपर्छ । मैले व्यवसाय शुरु गरेको बेलाको भन्दा अहिलेको सर्भिस रिक्वायरमेण्टहरु, थिंकिङ रिक्वायरमेण्टहरु, अहिलेको आइडिया रिक्वायरमेण्टहरु परिवर्तन हुँदै गइरहेको छ । त्यसलाई बुझेर गएको खण्डमा इण्डस्ट्री अघि बढ्छ ।’

त्यस्तै नेपाल विज्ञापन एनसी संघका संस्थापक अध्यक्ष वंशिधर पौडेलले नेपालको अर्थराजनीति डामाडोल रहेकाले विज्ञापन बजार खुम्चिरहेको बताउनु भयो । उहाँले विज्ञापन बजार खुम्चिँदा विज्ञापन व्यवसायी र विज्ञापन दाताहरु दुवैलाई असर पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अरु देशको मुल अर्थराजनीतिसँग सम्बन्धित हुन्छ । अर्थ राजनीतिले समाजलाई जसरी डो¥याउने हो । त्यो हाम्रो लागि गाइडलाइन हुन्छ । त्यसअनुसार उद्योग, वाणिज्य, व्यापार, विज्ञापन सम्पूर्ण व्यवसायहरु त्यही लाइनअनुसार चल्नुपर्छ । हाम्रो अर्थ राजनीति नै डामाडोल छ । त्यसको असर प्रत्येक व्यवसायमा परेको छ । कठिन अवस्थामा हामी दौडिरहेका छौँ । विज्ञापन बजार खुम्चिँदा विज्ञापन व्यवसायी र विज्ञापन दाताहरु दुवैलाई असर पर्छ ।’

त्यस्तै ब्राण्ड वर्थका सञ्चालक मोहन गजुरेलले सरकारले उद्योगी व्यवसायीहरुसँग गरेका पछिल्ला व्यवहारले विज्ञापन बजार संकुचन भएको दाबी गर्नुभयो । उहाँले विज्ञापन बजार मात्र नभइ नेपालको आर्थिक क्षेत्रका सबै इण्डिकेटरहरु संकुचनमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विज्ञापन बजारमा संकुचन आयो भन्ने एउटा क्षेत्रलाई मात्रै लिएर हेर्ने भन्दा पनि समग्र हामीले संसारभरको आर्थिक अवस्थालाई हेर्नुपर्छ । कोभिड पछिको अर्थतन्त्र, युक्रेन वार, पछिल्लो समय भएका विभिन्न घटनाले विश्वव्यापी रुपमा आर्थिक मन्दी ल्याएको छ । सरकारले उद्योगी व्यवसायीहरुसँग गरेका पछिल्ला व्यवहारले विज्ञापन बजार संकुचन भएको छ । विज्ञापन बजार मात्र नभइ नेपालको आर्थिक क्षेत्रका सबै इण्डिकेटरहरु संकुचनमा छन् ।’

कोभिड पछिको अर्थतन्त्र, युक्रेन वार, पछिल्लो समय भएका विभिन्न घटनाले विश्वव्यापी रुपमा आर्थिक मन्दी ल्याएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?