जबरा आउन सक्ने भन्दै सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमलाई ‘प्रभाव’ मा पारी जबराले आफूविरुद्धको महाअभियोग प्रस्ताव ‘निष्क्रिय’ भएको पत्र लिएपछि उहाँले आफू सर्वोच्च फर्किन लागेको बुधबार जानकारी दिनु भएकाे थियाे । जसकारण सर्वोच्च परिसरमा तनावको स्थिति उत्पन्न भएको छ ।

बुधबार दिनभरजसो सर्वोच्च परिसरमा कानुन व्यवसायी आन्दोलित बनेका थिए । नेपाल बार एसोसियसनले विरोध जनाएको छ । संघीय संसद् सचिवालयको पत्रबारे सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । शुक्रबार रिटमा सुनुवाइ हुँदैछ । सोही कारण सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

सर्वोच्चभित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । सर्वोच्चभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको छ । आगन्तुकहरुलाई प्रहरीले उनीहरुको परिचय पत्र हेरेर भित्र जानुको कारणबारे सोधेर मात्रै प्रवेश गर्न दिएको छ । नेपाल बारको भवनतर्फबाट सर्वोच्च अदालतभित्र पैदल हिँडेर जाने गेट भने खुला छ । त्यहाँ पनि सुरक्षाकर्मीहरु तैनाथ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?