लैङ्गिक हिंसाबिरुद्ध प्रहरीको सचेतना कार्यक्रम

Read Time = 2 mins

-निरोज कोइराला
भोजपुर । लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयको आयोजनामा भोजपुरमा सचेतना कार्यक्रम गरिएको छ ।
“सभ्य समाजको पहिचान, लैगिंक हिंसा बिरुद्धको अभियान” भन्ने नाराका साथ स्थानीय जिरो प्वाइन्ट गेटबाट प्रभात फेरी समेत निकालिएको छ । बजार परिक्रममा पश्चात आयोजित कार्यक्रममा बोल्दै भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले लैगिक हिंसाका घटनामा कमी ल्याउन सचेतना अभियानमा तिव्रता दिन जरुरी रहेको बताउनुभयो ।

हिंसाका घटनाहरुका बारेमा सम्वन्धित निकायमा उजुरी लगायतका कार्य नहुदाँ पनि यो घटना बढने हुनाले त्यस तर्फ पनि सचेत हुन आग्रह गर्नु भयो । बिद्यालय स्तरका सचेतना कार्यक्रम प्रभावकारी हुने भएकाले सोही अनुसार कार्यक्रम संचालन गर्न आवश्यक रहेको प्रजिअ घिमिरेको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले प्रहरीले मात्र हिंसा नियन्त्रण गर्न नसक्ने भएकाले सवै पक्षले त्ययसका लागि हातेमालो गर्दे अगाडी बढनु पर्ने बताउनु भयो । प्रहरीले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन भुमिका निर्वाह गर्ने पनि प्रहरी प्रमुख डिएसपी थापा क्षेत्रीले बताउनु भयो ।

कार्यक्रममा सुरक्षा निकायमा प्रमुख, सुरक्षाकर्मी, नगारिक समाज, पत्रकार सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगायत करिव एक सय जनाको सहभागिता रहेको थियो । सोक्रममा सचेतना मुलक पर्चाहरु समेत प्रहरीले बितरण गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?