पाल्पामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका –१ जोरपोखरीकोटखेरामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।

आज विहान आफ्नै घरको अगेनामा आगो ताप्ने क्रममा जलेर जोरपोखरीकोटखेराका ७५ वर्षीय खिमबहादुर विकको मृत्यु भएको हो ।

खरले छाएको कच्ची घरमा आफ्नै सुत्ने कोठा भित्र अगेनामा आगो बालेर ताप्ने क्रममा विक अचानक जल्नुुभएको थियो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?