१० किलो गाँजासहित लागबन्दीबाट एक जना पक्राउ

प्रतिकात्मक तस्बिर

Read Time = 1 min

काठमाडौं । सर्लाहीको लागबन्दीबाट १० किलो  गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीकै हरिवन नगरपालिका ३ का २० वर्षीय नितेश श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

आइतबार राति बा। ७९ प २२३२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले बताएको हो । प्रहरीबाट भाग्न सफल मोटरसाइकल चालकको खोजी गरिरहेको प्रहरीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?