‘ऐना झ्यालको पुतली’लाई भारतमा चार अवार्ड

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘ऐना झ्यालको पुतली’ले भारतको एक फिल्म फेस्टिभलमा चारवटा अर्वाड हात पारेको छ । भारतको ‘कौटिक फिल्म फेस्टिभल’मा नेपली चलचित्र ‘ऐना झ्यालको पुतली’ले चारवटा विधामा अवार्ड जितेको हो । निर्देशक सुजित विडारीका अनुसार वेष्ट चलचित्रसहितका चार अवार्ड जितेको हो ।

‘कौटिक फिल्म फेस्टिभल’मा वेष्ट चलचित्र ‘ऐना झ्यालको पुतली’ घोषित हुँदा वेष्ट एडिटर किरण श्रेष्ठ, वेष्ट एक्टर (फिमेल) कञ्चन चिमोरिया र वेष्ट एक्टर मेलतर्फ दिनेश खत्रीले अवार्ड चुम्न सफल हुनुभएको हो । सुजित विडारीले निर्देशन गरेको यो चलचित्र नेपालबाट ओस्कर अवार्डका लागि सिफारिश भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?