हुण्डाईको इभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प

Read Time = 2 mins

काठमाडौं । वि(भि) द चेन्ज भन्ने नाराका साथ हुण्डाई नेपालले इभीको हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प सुरु गरेको छ । नेपालस्थित हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पुस १ गतेसम्म आफ्ना विद्युतीय सवारीका ग्राहकका लागि पाँचदिने इभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्ने भएको हो ।

क्याम्पले कोनका र आइनिक लाइनअपका तीन सयभन्दा बढी ग्राहक लाभान्वित हुनसक्ने कम्पनीले जनाएको छ । क्याम्पमा प्रशिक्षित प्राविधिक र अत्याधुनिक उपकरणको सहयोगले सवारी धनीलाई आफ्ना सवारीको प्राविधिक अवस्था र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने बताइएको छ ।

क्याम्प थापाथलीस्थित हुण्डाईको इभी शोरुमअगाडि साताव्यापीरूपमा चल्नेछ । देशैभरि ४० भन्दा बढी चार्जिङ स्टेशनको स्थापना र १७ शोरुमसहित हुण्डाईले विद्युतीय सवारीसाधनमा सबकोे पहुँच बढाउने प्रयास गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?