अफगान सेनाको आक्रमणमा सात पाकिस्तानीको मृत्यु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

इस्लामावाद । अफगानिस्तानको तालिवान फौजले पाकिस्तानको सीमावर्ती सहर चमनमा आक्रमण गरेको छ ।

सो आक्रमणमा परी सातजना पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको छ  भने बम तथा गोली प्रहारबाट १७ जना घाइते भएका छन् ।

आक्रमणपछि अफगानिस्तान र पाकिस्तानबीचको तनाव बढेको छ । पाकिस्तानी सेनाले घटनाको भर्त्सना गर्दै अफगान भूमिमा ‘अन्धाधुन्ध गोली प्रहार गरेको’ गरेको बताइएको छ ।

पाकिस्तानले गरेको जवाफी आक्रमणमा एक जना सैनिकको ज्यान गएको र केही घाइते भएका जनाइएको छ ।

बलुचिस्तान प्रान्तको चमन दुई देशबीचको प्रमुख व्यापारिक नाका हो । उक्त नाकाबाट दैनिक हजारौं मानिस ओहोरदोहर गर्ने गर्छन् । घटनापछि बन्द भएको आवागमन वार्तापछि खुला गरिएको अधिकारीहरूले बताएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?