अध्यादेशविरुद्ध अनेरास्ववियुको प्रदर्शन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ ।

व्यक्ति हत्या अभियोगमा आजीवन कैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीलसहितलाई उन्मुक्ति दिन अध्यादेश ल्याउन लागेको भन्दै अनेरास्ववियुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधनका लागि सरकारले सोमबार राष्ट्रपतिसमक्ष अध्यादेश पठाएको छ । यसको भोलिपल्ट मंगलबार बिहान अनेरास्ववियुले त्रिचन्द्र कलेज अगाडि प्लेकार्डसहित नाराबाजी गर्दै प्रदर्शनमा विरोध प्रदर्शनमा उत्रिएको हो ।

प्रदर्शनरत विद्यार्थीहरुले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतीकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?