स्किल कर्नर फेस्टिभल हुने

Read Time = 1 min

काठमाडौं । स्किल कर्नर नेपालले आगामी माघ महिनाको २५ र २६ गते काठमाडौंमा स्किल कर्नर स्टार्टअप फेस्टिभल आयोजना गर्ने भएको छ । आयोजकका अनुसार फेस्टिभलमा लगानीकर्ताका निम्ति कमिटी गठन गरिनेछ र नयाँ तथा मौलिक योजनासहितका उद्यमीको स्टार्टअपमा लगानी गर्न इच्छुकले लगानी गर्न सक्नेछन् ।

स्टार्टअप फेस्टिभलले नयाँ स्टार्टअपलाई आफ्नोे बजार व्यवस्थापन गर्न सहयोग गर्नुका साथै उद्यमशीलतामा समेत प्रोत्साहित गर्ने स्किल कर्नरका डाइरेक्टर सौदेन बडालको भनाइ छ । स्टार्टअप फेस्टिभलमा सयभन्दा बढी नयाँ स्टार्टअपले भाग लिने र दैनिक एक हजारभन्दा बढी अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?