विज्ञापनलाई लैंगिक संवेदनशील र उत्तरदायी बनाउन जोड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमडौं । सरोकारवालाहरूले विज्ञापनलाई लैंगिक संवेदनशील र उत्तरदायी बनाउन जोड दिएका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) र विज्ञापन बोर्ड नेपालले ललितपुरमा शुक्रबार गरेको छलफलमा सरोकारवालाहरूले यस्तो बताएका हुन् । बोर्ड अध्यक्ष लक्ष्मण हुमागाईंले महिला र पुरुष बीचमा विभेद हुने खालका विषयवस्तु विज्ञापनमा राख्न नहुने बताउनुभयो । उहाँले आगामी दिनमा बोर्डले विज्ञापनको विषयवस्तुलाई सेन्सर गर्ने स्पष्ट पार्नुभयो ।

युएनडिपीका सञ्चार प्रमुख कमलराज सिग्देलले संयुक्त राष्ट्रसंघले विश्वभर प्रसारण हुने विज्ञापन लैंगिक संवेदनशील होस् भनेर काम गरिरहेको बताउनुभयो । विज्ञापनलाई लैंगिक जवाफदेही बनाउन समाजका सबै पक्षले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले युएनडिपी नेपाली विज्ञापन बजारसँग काम गर्न इच्छुक रहेको पनि जनाउनुभयो । विज्ञापनको असर सामाजिक मनोविज्ञानमा धेरै लामोसम्म रहने भएकाले विज्ञापनको अवधारणा बनाउने र निर्माणमा धेरै मिहिनेत गर्नुपर्नेमा सरोकारवालाहरूको जोड थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?