धादिङ महोत्सवको तयारी तीव्र, स्टल निर्माण धमाधम हुँदै

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । आठौँ धादिङ महोत्सव पुष ७ गतेदेखि १७ गतेसम्म संचालन हुँदैछ । महोत्सवलाई सभ्य र भब्य हिसावमा सम्पन्न गर्नको लागि विभिन्न २३ वटा उपसमितिहरु बनाएर काम गरिरहेको मुल–आयोजक समितिले तयारीलाई तीव्र पारेको छ । विषयगत जिम्मेवारी पाएका उपसमितिहरुले आफ्नो समितिको काम ९० प्रतिशत भन्दा माथि सकिएको जानकारी दिएका छन् ।

महोत्सव स्थल धादिङवेशी खुल्लामञ्चमा यतिबेला धमाधम स्टल निर्माणको काम भइरहेको छ । स्टल निर्माण सँगै रमाइलो मेलाका सामाग्रीहरु पनि जडान कार्य भइरहेको स्टल निर्माण तथा स्थान ब्यवस्थापन समितिका संयोजक नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा कृषि उत्पादन स्टल, डेरी स्टल, इलेक्ट्रोनिक्स÷सुचना प्रविधीस्टल, विभिन्न औद्योगिक तथा व्यापारिक सामाग्रीको प्रदर्शनी एवं विक्रिका स्टल, स्थानीय घरेलु तथा हस्तकला उत्पादनको प्रदर्शनी एवं विक्रि स्टल तथा स्थानीय तहको उत्पादनको स्टल गरी १ सय २० भन्दा बढी स्टल रहने संयोजक श्रेष्ठले जानकारी दिनुभयो । धादिङ उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सवमा मुख्य प्रायोजकको रुपमा हिमालयन ब्रुअरी प्राइभेट लिमिटेड रहेको छ ।

महोत्सवमा १० करोड भन्दा बढीको कारोवार हुने र ३ लाखभन्दा बढीले महोत्सवमा सहभागी हुने अपेक्षा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?