काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनु भएको छ । सोमबार पार्टी कार्यालय शान्तिनगरमा बसेको दलको बैठकमा नेपाल सर्वसम्मत दलको नेता चयन हुनु भएको हो ।
उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला चयन हुनु भएको छ। हालै सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेको थियो । तर, समानुपातिकमा भने थ्रेस होल्ड कटाउन सकेन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेपछि सबै पार्टी अहिले दलको नेता चयनमा लागेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच