‘कालिका गायन तारा’ को उपाधि पंगेनीलाई

Read Time = 3 mins

रुपन्देही । बुटबल स्थित कालिका मानवज्ञान माबिद्धारा सञ्चालित ‘कालिका गायन तारा’ दोश्रो संस्करणको उपाधि विवेक पंगेनीले जितेका छन् ।
गत तिन दिनदेखि सञ्चालित उक्त प्रतियोगिताको आईतबार सम्पन्न फाईनल राउन्डमा पंगेनीले ९५ जना प्रतिस्पर्धीलाई उछिन्दै उत्त उपाधि हात पारेका हुन् । पंगेनीलाई मन्दिरा गलामी स्मृति अक्षय कोषका संरक्षक गिरिप्रसाद गलामीकी धर्मपत्नी माया गलामीले पुरस्कार स्वरुप नगद रु १५ हजार,ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो ।

त्यस्तै प्रतियोगितामा दोश्रो हुने प्रबृत्ति बस्याललाई नगद रु १० हजार,ट्रफी र प्रमाणपत्र प्रदान गरियो । तेश्रो हुने पवन अधिकारीलाई नगद रु ५ हजार,ट्रफी र प्रमाणपत्र प्रदान गरियोे ।

उक्त प्रतियोगितामा कालिका मानबज्ञान माध्यमिक बिद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने कुल ९५ जना बिद्यार्थी सहभागी भएको प्रतियोगिताका संयोजक शिक्षक विवेकराज पोखरेलले बताउनुभयो ।

प्रतियोगितामा निर्णायकको भूमिका कलाकार दिपक श्रेष्ठ, बिनोद गुरुङ र किशोर बिकले निर्वाह गर्नु भएको थियो । विभिन्न राउन्डबाट उपाधि बिजेता छनोट गर्ने काम भएको हो ।

कालिकामा अध्ययनरत बिद्यार्थीहरुको सांस्कृतिक कला विकास गराउने उद्धेश्यले मन्दिरा गलामी स्मृति अक्षयकोषको स्थापना गराईएको थियो ।कोषमा रु ५ लाख नगद जम्मा गरिएको छ ।

प्रतियोगीता समापन कार्यक्रमको सभापतित्व बिद्यालयका प्रधानाध्यापक दिनेश थापाले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक विवेकराज पोखरेलले गर्नुभएको थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विद्यालयमा ६२ औँ  वार्षिकोत्सव मनाउने क्रममा यही पुस १ गतेदेखि बिबिध कार्यक्रम सञ्चालन गरिएका छन् । ७ गते मूल समारोह आयोजना गरिने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?