जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

सूर्यविनायक नगरपालिका-४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका-६ घर भएका २९ वर्षीय महमद आरिफ शेखलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ती किशोरीलाई शेखले सूर्यविनायक नगरपालिका-४ मोर्डन चोकमा लगेर आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?