नेपाली खेलाडीको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालका ६ खेलाडीले २०औँ जयकर स्मृति एटिएफ यू-१४ टेनिस प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । सर्किट-२ अन्तर्गत सिंगल्सको ब्वाइजमा चार तथा गल्र्समा दुई खेलाडीले जितका साथ यात्रा प्रारम्भ गरेका हुन् । पहिलो दिन ब्वाइजमा आठ र गल्र्समा ६ खेलाडीले नेपालको चुनौती पेश गरेका थिए । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्समा नेपालका निशाद जोशीले भारतका सञ्जय गिरिश कुमारलाई ६-२ र ६-१, नेपालका दर्शिल श्रेष्ठले भारतका पुकाजसेभेल प्रकाशलाई ६-० र ६-०, नेपालका बोरिस अधिकारीले भारतका तनिस रेडी भुन्द्यालालाई ६-२ र ६-० तथा नेपालका वृजेश अर्यालले भारतका आदित्य सिंहलाई ६-२ र ६-१ ले पराजित गर्नुभयो ।

सोही स्पर्धाको अन्य प्रतिस्पर्धामा भारतका पार्थ सानेले नेपालका आद्रित नेपाललाई ६-२, १-६ र ६-१, हङकङका यु हिन वोङले भारतका अविर श्रीवास्तवलाई ६-२ र ६-१, बंगलादेशका नसफ अहमद नासिर अहमदले नेपालका शाश्वत बज्राचार्यलाई ६-० र ६-०, भारतका इशान बडाकीले नेपालका युभेनमान श्रेष्ठलाई ६-० र ६-०, भारतका भिभान मिर्धाले यमनका हमुद इयादलाई ७-६ (२), ३-६ र ६-३, हङकङका कि छियोन मोरिस ताङले भारतका किशोर श्रीरामलाई ६-१ र ६-१ तथा भारतका अर्श वाल्केले नेपालका असभसम्राट हाडालाई ६-२ र ६-४ ले हराउनुभयो ।

नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा नेपालकी स्वस्तिका विष्टले क्यानाडाकी सिमोन्टिनी पाललाई ६-१ र ६-२ तथा नेपालकी जेनी खड्काले भारतकी प्रेरणा सन्ट्राललाई ६-२ र ६-३ को सोझो सेटमा पाखा लगाउनुभयो ।

त्यस्तै, माल्दिभ्सकी नबा निशानले क्यानाडाकी नोराह चौधरीलाई ६-२ र ६-२, ओमानकी आइशा अल बुसाइदीले भारतकी मेगालाइ प्रकाशलाई ६-० र ६-१, भारतकी सान्भी रेडी भुन्द्यालाले नेपालकी समृद्धि महर्जनलाई ७-५ र ७-५, भारतकी तनिशा भट्नागरले नेपालकी प्राज्ना मानन्धरलाई ७-६ (४) र ६-४, भारतकी सराह चौधरीले नेपालकी निभा श्रेष्ठलाई ६-० र ६-० तथा अमेरिकाकी नाला जोस्फिन मास्केले नेपालकी शिभाली गुरुङलाई ६-३ र ६-४ को सेटमा पन्छाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?