प्रशंसा, आद्या र स्वस्तिका क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालका प्रशंसा मोक्तान, आद्या पौडेल र स्वस्तिका विष्ट २०औँ जयकर स्मृति एटिएफ यू-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२ को गल्र्स सिंगल्सको क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले माल्दिभ्सकी नबा निशानलाई ७-५ र ७-५, आद्याले ओमानकी आइशा अल बुसाइदीलाई ६-३ र ६-३ तथा स्वस्तिकाले भारतकी हनी जुमानी गौरवलाई ६-३ र ६-० को सोझो सेटमा पराजित गर्नुभएको छ ।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा नेपालका राजवीर प्रधानले हङकङका यु हिन वोङलाई सिधा सेटमा ६-० र ६-२ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नुभयो । सोही स्पर्धामा भारतका सिद्धार्थ जिबु, हङकङका छियोन हेइ करिसन फुङ, भारतका इशान बदाकी, भारतका भिभान मिर्धा, हङकङका वान हिम दोनोभान यिम र कि छियोन मोरिस ताङ तथा पाकिस्तानका जोहेब अफ्जल मलिक पनि आ-आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै क्वाटरफाइनलमा पुग्नुभयो ।

ब्वाइज डबल्समा भारतका इशान र सञ्जय गिरिश कुमार, पाकिस्तानका जोहेब र यमनका हमुद इयाद, बंगलादेशका नसफ अहमद नासिर र भारतका अर्श वाल्के तथा भारतका सिद्धार्थ र भिभानको जोडीले क्वाटरफाइनलमा स्थान बनायो ।

गल्र्स डबल्समा नेपालकी प्रशंसा र भारतकी तनिशा भट्नागर, भारतकी हनी र नेपालकी प्राज्ना मानन्धर, नेपालकी स्वस्तिका र भारतकी सान्भी रेडी भुन्द्याला तथा नेपालकी जेनी खड्का र समृद्धि महर्जनको जोडीले सेमिफाइनलमा स्थान पक्का गर्‍यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?