ग्लोबल आइएमई र राजधानी डेरीबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंक र राजधानी डेरी प्रालिबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

कृषि व्यवसाय गरिरहेका ग्रामीण कृषकलाई उद्यमी बनाउन पुँजीलगायत प्राविधिक सीप विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै दुग्ध व्यवसायको माध्यमबाट कृषकलाई उत्पादनसँग जोड्न, थप रोजगारी सिर्जना गर्न र स्वरोजगारी बनाउन यसले सहयोग पुग्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?