सुनचाँदीको मूल्य बढ्यो

Read Time = 1 min

काठमाडौं । सुनको मूल्य नेपाली बजारमा बिहिबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० तोकिएको छ । बुधबार प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार बिहीबार तेजावी सुनको मूल्य एक लाख एक हजार रुपैयाँ पुगेको छ ।

यस्तै, बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले उकालो लागेर एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?