जुम्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा श्रीमानले कुटेपछि श्रीमतीको मृत्यु भएको छ। तिला-४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै श्रीमती २३ वर्षीय ममता नेपालीलाई कुटपिट गरेर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि ल्याइएको जनाएको छ। सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रारम्भिक बयानमा श्रीमान्‌ले कुटपिट गर्दा बेहोस भएको बताएका छनु, प्रहरी निरीक्षक यामबहादुर बुढामगरले भन्नुभयाे, 'कुटपिट गरेर घाइते बनाएको र समयमै उपचार नहुँदा मृत्यु भएको देखिएको छ ।  प्रहरीलाई शनिबार दिउँसो दुई बजेतिर खबर प्राप्त भएको थियो । शवको प्रकृति हेर्दा एक हप्ताअघि नै हत्या गरेर घरमा लुकाएर राखेको देखिन्छ ।'

उहाँकाअनुसार शव कुहिसकेकोले श्रीमतीलाई केले प्रहार गरेको भन्ने पत्ता लाग्न सकेको छैन । पोस्टमार्टम रिपोर्टले सबै स्पष्ट पार्ने उहाँले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?